Kathmandu Press

माछा चोरीको विषयमा झडप हुँदा एक प्रहरीसहित पाँच घाइते

चितवन, जेठ ६ : पश्चिम चितवनको मंगलपुरमा माछा चोरी गरेको विषयमा झडप हुँदा एक प्रहरी जवानसहित पाँच जना घाइते भएका छन्। 

घाइते हुनेमा भरतप....

माछा चोरीको विषयमा झडप हुँदा एक प्रहरीसहित पाँच घाइते

चितवन, जेठ ६ : पश्चिम चितवनको मंगलपुरमा माछा चोरी गरेको विषयमा झडप हुँदा एक प्रहरी जवानसहित पाँच जना घाइते भएका छन्। 

घाइते हुनेमा भरतपुर महानगरपालिका–१५ रामपुरका ३८ वर्षीय सन्तोष थापा, ५२ वर्षीय गणेश थापा, वडा नं १६ मंगलपुरका २६ वर्षीय दिपेश बजगाईं, २३ वर्षीय दीपेन्द्र बजगाईं र रामपुरमा कार्यरत २६ वर्षीय प्रहरी जवान विजय सुनार छन्। गणेश, सन्तोष र दिपेश दीपेन्द्र दाजुभाइ भएको प्रहरीले जनाएको छ।

Hardik ivf

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार सोमबार राति १० बजेतिर विवाद हुँदा झडप भएको हो। स्थानीय दिपेश र दीपेन्द्रले पोखरी भाडामा लिइ पालिएको माछा सन्तोष र गणेशले चोर्दै गरेको भेटिएपछि चोरी गर्नेलाई बजगाईँ दाजुभाइले लखेटेका थिए। सोही क्रममा बजगाईँ दाजुभाइले खबर गरेका र प्रहरी आएपछि दुई पक्षबीच पोखरीभन्दा केही पर रंगशाला निमार्णस्थल नजिकै झडप भएको थियो।

प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार थापा दाजुभाइले खुकुरी प्रहार गर्दा प्रहरी जवान सुनार गम्भीर घाइते भएका छन्। थापा र बजगाईं दाजुभाइ पनि घाइते भएको उनले जानकारी दिए। उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १५:३९ बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्