Kathmandu Press

बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना

पटकपटक देखिने सरकार परिवर्तन, सार्वजनिक निकायमा बढ्दो अविश्वास, सुशासनका चुनौती, न्यायिक पहुँचमा देखिने विभेद, भ्रष्टाचारको बढ्दो प्रभाव र सेवा प्रवाहमा देखिएका कमजोरीले नागरिकका आधारभूत मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती उपस्थित गरिरहेको गरिन्।
बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना

काठमाडौं, मंसिर २४ : उपसभामुख इन्दिरा रानाले गरिबी, बेरोजगारी, सामाजिक असमानता, लैङ्गिक हिंसा, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका समुदायले अझै पनि पूर्ण अधिकार उपभोग गर्न नसकिरहेको अवस्था मानव अधिकार प्रवद्र्धनका लागि थप गम्भीर चिन्ताको विषय भएको बताएकी छिन्। 

७७औं अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै पटकपटक देखिने सरकार परिवर्तन, सार्वजनिक निकायमा बढ्दो अविश्वास, सुशासनका चुनौती, न्यायिक पहुँचमा देखिने विभेद, भ्रष्टाचारको बढ्दो प्रभाव र सेवा प्रवाहमा देखिएका कमजोरीले नागरिकका आधारभूत मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती उपस्थित गरिरहेको गरिन्।

Hardik ivf

‘नेपालले आफ्नो संविधानमार्फत मानव अधिकारलाई मौलिक हकका रूपमा प्रत्याभूत गर्दै नागरिकको अधिकार संरक्षित तथा सुनिश्चित गर्न महत्वपूर्ण प्रगति हासिल गरेको छ, नेपाल मानव अधिकारसम्बन्धी प्रमुख अन्तरराष्ट्रिय सन्धि–सम्झौताको पक्षराष्ट्र भएकाले मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन र कार्यान्वयनप्रति राज्य गम्भीर दायित्वबद्ध छ,’ उनले भनेकी छिन्।

मानव अधिकारका सार्वभौमिक मूल्य र सिद्धान्तको सम्मानस्वरूप संयुक्त राष्ट्रसङ्घले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा यो दिवस मनाइन्छ। 

विश्वभर मनाइने यस दिवसले मानव स्वतन्त्रता, समानता, न्याय तथा मर्यादित जीवनका आधारभूत मान्यतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताइन्।

समावेशी लोकतन्त्र, सुशासन, विधिको शासन, अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय र समानता सबै मानव अधिकारका आधारस्तम्भ भएको उल्लेख गर्दै उहाँले राजनीतिक स्थिरता र उत्तरदायित्वका अभावमा यी मूल्यहरूले सुदृढता पाउन गाह्रो भएको उनको भनाई छ। 

प्रकाशित मिति: १०:५३ बजे, बुधबार, मंसिर २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्