शोकमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई भेट्न कुपण्डोल पुगिन् प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई भेट्न दिउँसो कुपण्डोलस्थित निवास पुगेकी थिइन्। श्रेष्ठका बुवा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको गत मंसिर १६ गते निधन भएको थियो।
काठमाडौं, मंसिर २३ : प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई मंगलबार भेटेकी छिन्।
प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई भेट्न दिउँसो कुपण्डोलस्थित निवास पुगेकी थिइन्। श्रेष्ठका बुवा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको गत मंसिर १६ गते निधन भएको थियो।
भेटकाक्रममा पूर्वप्रधान्यायाधीश श्रेष्ठसँग राजनीतिक कुराकानी समेत भएको जनाइएको छ । प्रधानमन्त्री कार्कीले पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न समाचारहरू आइरहेको कुरा राखेकी थिइन्।
श्रेष्ठले समाचारमा आएका कुरामा विश्वास नगर्न भन्दै जसरी पनि निर्वाचन सम्पन्न गराउने गहन अभिभारा पुरा गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह समेत गरेका थिए।
प्रकाशित मिति: १८:२० बजे, मंगलबार, मंसिर २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










