गगन थापाको नाम रोल्पा र धनकुटाबाट सिफारिस
यसअघि थापा काठमाडौं क्षेत्र नंं. ४ बाट चुनाव लड्दै आएका थिए। काठमाडौं ४ बाट पनि उनको नाम सिफारिस हुने बताएको छ।-1743858424.png)
काठमाडौं, मंसिर २३ : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पा र धनकुटाबाट सिफारिस भएको छ।
यसअघि थापा काठमाडौं क्षेत्र नंं. ४ बाट चुनाव लड्दै आएका थिए। काठमाडौं ४ बाट पनि उनको नाम सिफारिस हुने बताएको छ।
महामन्त्री थापाले केही दिनअघि अन्तर्वार्ताका क्रममा आफू काठमाडौं ४ बाटै उम्मेदवार बन्ने बताएका थिए। उनको उम्मेदवारी बारे पार्टी केन्द्रिय समितिले निर्णय गर्ने बताइएको छ।
रोल्पामा थापासहित पाँचजनाको नाम सिफारिस भएको छ। जसमा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, सफल युवा व्यवसायी डा. मन्दीप सुवेदी, र युवा नेता ज्ञानबहादुर ओली छन्।
यस्तै, धनकुटाबाट थापासँगै जिल्ला सभापति दिनेश राई, पूर्वजिल्ला सभापति मननारायण श्रेष्ठ, पूर्वजिल्ला सभापति हरिकुमार राईको नाम पनि सिफारिस भएको छ।
धनकुटाको यो सिफारिसलाई पार्टीले संगठन विस्तार र कठिन किल्ला तोड्ने रणनीतिको रूपमा पनि हेरिएको छ। धनकुटामा यसअघिका प्रतिनिधि सभा निर्वाचनहरूमा नेकपा ९एमाले० लगातार जित्दै आएको छ।
यस्तै, प्रतिनिधिसभाको उम्मेदवारका लागि सुर्खेत क्षेत्र–१ बाट नेपाली कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल रुपमा नाम सिफारिस गरिएको छ।
आसन्न फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमितिले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो। खड्का गत निर्वाचनमा पनि उक्त क्षेत्रबाट निर्वाचित भएका थिए।











-1743858424.png)
