Kathmandu Press

मोरङ–६ बाट डा.कोइराला र झापा–१ बाट शर्माको एकल नाम सिफारिस 

मंगलबार बसेको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फको उम्मेदवारमा कोइरालाको एकल नाम सिफारिस गरेको हो।
मोरङ–६ बाट डा.कोइराला र झापा–१ बाट शर्माको एकल नाम सिफारिस 

काठमाडौं, मंसिर २३ : आगामी प्रतिनिधिसभा चुनावका लागि मोरङ–६ बाट नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको उम्मेदवारी सिफारिस भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फको उम्मेदवारमा कोइरालाको एकल नाम सिफारिस गरेको हो। यसअघि मोरङ–३ बाट डा.सुनिल शर्माको नाम एकल सिफारिस भएको थियो। 

यस्तै, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम पनि उम्मेदवारका लागि एकल सिफारिस भएको छ । शर्माको नाम झापा निर्वाचन क्षेत्र नम्बर–१ बाट एकल सिफारिस भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिले जनाएको छ।

गत १५ मंसिरमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार  प्रतिनिधिसभाका लागि समनुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गरे अनुरुप कोइराला र शर्माको नाम सिफारिस भएको हो। 

प्रकाशित मिति: १८:४० बजे, मंगलबार, मंसिर २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्