Kathmandu Press

कांग्रेस नेतृ डा.राणा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस

नेपाली कांग्रेस कैलाली–५ को क्षेत्रीय कार्यसमितिबाट राणाको नाम एक नम्वरमा सिफारिस भएको हो। उनी प्रत्यक्षतर्फको निर्वाचनका लागि पहिलो नम्बरमा सिफारिस भएकी हुन्। 
कांग्रेस नेतृ डा.राणा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस

काठमाडौं, मंसिर २३ : कांग्रेस नेतृ डा.आरजु राणा देउवा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी छन्। 

नेपाली कांग्रेस कैलाली–५ को क्षेत्रीय कार्यसमितिबाट राणाको नाम एक नम्वरमा सिफारिस भएको हो। उनी प्रत्यक्षतर्फको निर्वाचनका लागि पहिलो नम्बरमा सिफारिस भएकी हुन्। 

Hardik ivf

डा.राणासँगै कैलालीका पूर्वसभापति नरनारायण शाह, नेता डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर तथा केन्द्रीय सदस्य नृपबहादुर बडको नाम पनि सिफारिस गरिएको छ। 

क्षेत्रीय कार्यसमितिको सर्वसम्मत निर्णयबाट चारजनाको नाम प्रतिनिधिसभामा सिफारिस भएको जनाइएको छ। क्षेत्रीय कार्यसमितिबाट राष्ट्रियसभा सदस्यका लागि रीता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझाको नाम पनि सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। 

निवर्तमान परराष्ट्रमन्त्रीसमेत रहेकी राणा ०७९ को निर्वाचनमा समानुपातिकबाट सांसद भएकी थिइन्। नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले अघिल्लोपटक समानुपातिक तर्फबाट निर्वाचितहरूलाई यसपटक समानुपातिकमा नराख्ने निर्णय गरेको छ। 

प्रकाशित मिति: १७:४३ बजे, मंगलबार, मंसिर २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्