Kathmandu Press

चुनावबाट पूराना पार्टीहरु आएभने राजसंस्थाको मुद्दा ओझेलमा पर्छ : रविन्द्र मिश्र

उनले यसपटक राजनीतिक दल, जेनजी पुस्ता र राजसंस्थाबीच नविन समझदारी बिना चुनाव भए पूरानै दलहरु शक्तिको वरिपरि आए भने राजसंस्थाको मुद्दा धेरै समय ओझेलमा पर्नसक्ने पनि बताए।
चुनावबाट पूराना पार्टीहरु आएभने राजसंस्थाको मुद्दा ओझेलमा पर्छ : रविन्द्र मिश्र

काठमाडौं, मंसिर २३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले हाल घोषणा गरिएको चुनावले राजनीतिलाई सहि बाटो ल्याउन सक्छ भन्नेमा शंका व्यक्त गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले जेनजी पुस्ता चुनाव नै विकल्प हो, चुनावले नै निकास दिन्छ भनिरहेको अवस्थामा उनीहरुले चुनावले सोचेजस्तो राजनीति सहि बाटोमा ल्याउन नसक्ने कुरा बुझ्न जरुरी रहेको पनि बताएका हुन्।

‘के जेनजी आन्दोलन ८४ सालको चुनाव ८२ सालमा सार्नको लागि भएको थियो रु के जेनजी आन्दोलन तत्काल चुनाव गरेर केही नयाँ अनुहार र केही नयाँ पार्टीहरु थप्नको लागि भएको थियो?, के जेनजी आन्दोलन यथास्थितिको निरन्तरताको लागि भएको थियो? यदि थिएन भने जेनजी पुस्ता चुनाव नै विकल्प हो, चुनावले नै निकास दिन्छ भनिरहनु भएको छ,’ उनले भने, ‘तर सबैभन्दा पहिला के बुझ्नु पर्छ भने अहिलेको चुनावले तपाईहरुले सोचे जस्तो राजनीति सहि बाटोमा आउँदैन।’

यस्तै, उनले यसपटक राजनीतिक दल, जेनजी पुस्ता र राजसंस्थाबीच नविन समझदारी बिना चुनाव भए पूरानै दलहरु शक्तिको वरिपरि आए भने राजसंस्थाको मुद्दा धेरै समय ओझेलमा पर्नसक्ने पनि बताए।

देशमा संकट परेको बेला राष्ट्रपतिले राष्ट्रको नाममा सम्बोधन समेत गर्न नसकेको भन्दै देशमा राष्ट्रिय संकट पर्दा राष्ट्रपति कहाँ थिए र फेरि संकट भयो भने के सेनापतिले देशको जिम्मेवारी लिनुपर्ने हो भन्दै उनले प्रश्न पनि गरे।

देशमा सबैभन्दामाथि राजसंस्थालाई पुनस्थापना गर्नैपर्ने पनि उनको भनाई छ।

प्रकाशित मिति: १५:३७ बजे, मंगलबार, मंसिर २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्