Kathmandu Press

सशस्त्र प्रहरी बलका महानिरिक्षक अर्यालको बयान शुरु 

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले जेनजी आन्दोलनमा भएका घटनाका सन्दर्भमा अर्यालसँग बयान लिन लागेको हो।
सशस्त्र प्रहरी बलका महानिरिक्षक अर्यालको बयान शुरु 

काठमाडौं, मंसिर २३ : गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनाका बिषयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको जाँचबुझ आयोगमा बयान शुरु भएको छ। 

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले जेनजी आन्दोलनमा भएका घटनाका सन्दर्भमा अर्यालसँग बयान लिन लागेको हो। अर्यालसँग सशस्त्रको भूमिकाको विषयमा आयोगले बयान लिन थालेको हो। 

Hardik ivf

आयोगले यसअघि नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतसँग बयान लिइसकेको छ। 

कार्की आयोग अन्य उच्चपदस्थ अधिकारीसँग बयान लिने तयारीमा छ। 

प्रकाशित मिति: १४:३४ बजे, मंगलबार, मंसिर २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्