Kathmandu Press

जाँचपास रोकिँदा देशभरबाट हुने आयात–निर्यात ठप्प 

भन्सार एजेण्टहरुले भन्सार जाँचपास क्रममा देखिने ढिलासुस्ती, चोरी–पैठारी लगायत गतिविधि र तिनलाई रोकथाम गर्न आवश्यक सुधार नहुँदा पेशागत काम नै प्रभावित हुने गरेको बताएका छन्।
जाँचपास रोकिँदा देशभरबाट हुने आयात–निर्यात ठप्प 

काठमाडौं, मंसिर २३ : आन्दोलनमा उत्रिएका भन्सार एजेन्टहरूले जाँचपास रोकिदिएपछि मंगलबार देशभरबाट हुने आयात निर्यात प्रभावित भएको छ।

भन्सार ऐनमा अव्यावहारिक देखिएका बुँदामा पटक पटक ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको बताउँदै भन्सार एजेन्ट आन्दोलित भएका हुन्। भन्सार एजेण्टहरुले भन्सार जाँचपास क्रममा देखिने ढिलासुस्ती, चोरी–पैठारी लगायत गतिविधि र तिनलाई रोकथाम गर्न आवश्यक सुधार नहुँदा पेशागत काम नै प्रभावित हुने गरेको बताएका छन्।

भन्सारले राखेको मूल्य नपुग भएपछि मूल्य थपिँदा १० प्रतिशत जरिवाना तिर्नुपर्ने प्रावधान प्रमुख समस्याका रूपमा रहेको उनीहरुको भनाई छ । यसका साथै भन्सार कार्यालयमा देखिने सामान्य त्रुटि, बारम्बार दोहोरिने सर्भर समस्याले जाँचपास प्रक्रियामा दिनहुँ बाधा पुग्ने अवस्था रहेको पनि उनीहरुले बताएका छन्। 

व्यावसायिक सामानको क्लियरिङ छिटो–छरितो हुनुपर्नेमा उल्टै ढिलासुस्ती बढ्दा कारोबारकर्ता मारमा परेको पनि आन्दोलित एजेण्टहरुको भनाई छ। भन्सार एजेण्टहरुले मंगलबार पेनडाउन गर्दै जाँचपासमा अवरोध गरेका छन्। 

प्रकाशित मिति: १४:२९ बजे, मंगलबार, मंसिर २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्