Kathmandu Press

एमाले ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा 

संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको टिम प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर तयारीमा जुटेका छन्।
एमाले ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा 

काठमाडौं, मंसिर २३ : नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। 

संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको टिम प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर तयारीमा जुटेका छन्।

Hardik ivf

विभाग प्रमुखका अनुसार आगामी महाधिवेशनमा सहभागी हुनेमध्ये २ हजार १ सय ५४ जना प्रतिनिधि चुनावबाट चयन भएका छन। त्यसभन्दा बाहेक १ सय ८ जना केन्द्रबाट मनोनयनमार्फत प्रतिनिधि बन्ने व्यवस्था छ। मनोनितसहित कुल प्रतिनिधि संख्या २ हजार २ सय ६२ पुग्ने जनाइएको छ। 

घरफर्क अभियान मार्फत आएका कार्यकर्तामध्येबाट तीन जनाले पनि प्रतिनिधिमा समावेश गराइदिन निवेदन दिएका छन्। उनीहरूको विषयमा निर्णय गर्ने जिम्मा पार्टी सचिवालयलाई दिइएको विभागले जनाएको छ।
 

प्रकाशित मिति: ११:०८ बजे, मंगलबार, मंसिर २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्