Kathmandu Press

क्यानका महानिर्देशक अधिकारीको अदालतमा बयान सुरु 

भक्तपुर नलिन्चोकमा हेलिपोर्ट साढे १३ करोड भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार अधिकारीसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
क्यानका महानिर्देशक अधिकारीको अदालतमा बयान सुरु 

काठमाडौं, मंसिर २१ : भ्रष्टाचार मुद्दा चलाइएका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीको विशेष अदालतमा थुनछेक बहस शुरु भएको छ। 

विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा थुनछेक बहस शुरु भएको हो। भक्तपुर नलिन्चोकमा हेलिपोर्ट साढे १३ करोड भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार अधिकारीसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

 साढे १७ करोड लागत अनुमानमा तयार गरिएको हेलिपोर्ट हालसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। 

हेलिपोर्ट निर्माणमा भ्रष्टाचार आरोपमन प्राधिकरणका महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीसहित जिम्मेवार सातजनालाई अख्तियारले पक्राउ गरेर अयिभोगपत्र दायर गरेको थियो। 

अख्तियारले प्राधिकरणका प्रबन्धक नलविक्रम थापा र उपप्रबन्धक इन्जिनियर सवृद्धि श्रेष्ठलाई पनि प्रतिवादी कायम गरेको छ। सबैजना गरी जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो कायम गरिएको छ। 


 

प्रकाशित मिति: १३:५१ बजे, आइतबार, मंसिर २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्