Kathmandu Press

महिलामाथिको हिंसा विभेदको कारण र परिणाम दुवै हो : सपना प्रधान मल्ल

‘अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गर्यो तर हिंसाको कुरा गरेन। विभेद हिंसाको कारण हो र विभेद हिंसाको परिणाम पनि हुनसक्छ। यसलाई कारण र परिणामको रुपमा पनि हेर्न सकिन्छ,’ उनले भनिन्।  
महिलामाथिको हिंसा विभेदको कारण र परिणाम दुवै हो : सपना प्रधान मल्ल

काठमाडौं, मंसिर २१ : सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले महिला हिंसाको कानुनको सवालमा अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गरेको तर हिंसाको कुरा नगरेको बताएकी छिन्।

आइतबार नेपाल पर्यटन बोर्डमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित ब्रेक द स्टिग्मा ४.० कार्यक्रमा बोल्दै उनले अन्तर्राष्ट्रिय कानुन अनुसार विभेद महिला हिंसाको परिणाम र कारण दुबै हुनसक्ने बताएकी हुन्।  

‘अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गर्यो तर हिंसाको कुरा गरेन। विभेद हिंसाको कारण हो र विभेद हिंसाको परिणाम पनि हुनसक्छ। यसलाई कारण र परिणामको रुपमा पनि हेर्न सकिन्छ,’ उनले भनिन्।  

न्यायाधीश मल्लले हिंसामा परेका महिलालाई न्याय दिन काम गरिरहेको पनि प्रयाप्त नभएको बताइन्। 

‘महिलाको बलात्कार हुँदा कहाँ बलात्कार भयो भनि लोकेसन खोज्ने हैन नि उसको शरीरमाथि भएको छ। उसको शरीर नै घटनास्थल हो भन्ने नजिर हामीले स्थापित गरेका छौ । हामीले गरिरहेका छौ तर निश्चय नै त्यो प्रयाप्त छैन। अहिले हरेक दिन फरक फरक मुद्धाहरु पनि आइरहेका छन्,’ उनले भनिन्।

उनले पुरुष पनि पीडित हुन सक्ने भन्दै सबै पुरुष दोषि हुन भन्ने पूर्वाग्रह राख्न नहुने बताए।
 
प्रकाशित मिति: १३:२८ बजे, आइतबार, मंसिर २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्