मधेशका मुख्यमन्त्रीले लिए शपथ
कांग्रेस संसदीय दलका नेता यादव शुक्रबार ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
धनुषा, मंसिर २१ : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले केहीबेर अघि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट शपथ लिएका हुन्।
कांग्रेस संसदीय दलका नेता यादव शुक्रबार ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
उनलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन्।
मुख्यमन्त्री यादवले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने तयारी गरेका छन्।
उनले मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन्।
प्रकाशित मिति: १२:२३ बजे, आइतबार, मंसिर २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(37)-1765104212.jpeg)
-(38)-1765103815.jpg)