Kathmandu Press

टुकुचामा निर्माणाधिन ढल प्रशोधन केन्द्रको अवलोकन गर्दै घिसिङले भने- काम चाँडै सकिन्छ 

‘यो खेर जाने पानीको प्रसोधन गर्ने ठाउँ हो । टुकुचाबाट ढलहरु मिसिएर आउने सम्पूर्ण पानीलाई सफा गरेर यसबाट निस्केको फोहोरलाई निकालेर सफा पानी बनाई बागमतीमा फाल्छौ । यो एडिबीको सहयोगमा काम भइरहेको छ,’ उनले भने। 
टुकुचामा निर्माणाधिन ढल प्रशोधन केन्द्रको अवलोकन गर्दै घिसिङले भने- काम चाँडै सकिन्छ 

काठमाडौं, मंसिर २० : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले टुकुचा स्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको स्थलगत अनुगमन गरेका छन्। 

शनिबार मन्त्री घिसिङले टुकुचास्थित निर्माणाधिन ढल प्रसोधन केन्द्रको अनुगमन गरेका हुन्। 

अनुगमनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले टुकुचा खोलाबाट ढलहरु मिसिएर आउने पानी सफा गरेर मात्र बागमतीमा फाल्ने बताए। 

Hardik ivf

‘यो खेर जाने पानीको प्रसोधन गर्ने ठाउँ हो । टुकुचाबाट ढलहरु मिसिएर आउने सम्पूर्ण पानीलाई सफा गरेर यसबाट निस्केको फोहोरलाई निकालेर सफा पानी बनाई बागमतीमा फाल्छौ । यो एडिबीको सहयोगमा काम भइरहेको छ,’ उनले भने। 

रुख कटानीमा ढिलो भएको भन्दै ललितपुर महानगरपालिकामा परेको केही स्थानमा बिरोध भएका कारण पनि काम ढिलो भएको मन्त्री घिसिङले बताए। 

‘काम दुईवटा कारणले ढिला भएको छ । एउटा रुख कटानीमा करिब डेढ÷दुई वर्ष लाग्यो । यसको केही हिस्सा ललितपुर महानगरपालिकापट्टि पर्छ । त्यो क्षेत्रमा केही स्थानीयहरुको बिरोध भइरहेकोले काम गर्न सकिएको छैन । त्यसले गर्दा काम ढिलाई भइरहेको छ,’ उनले भने।
उनले सरकारले बागमती नदीलाई सफा बनाउन यसका सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको बताए।

निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता दिएको पनि उनले जानकारी दिए। 

एशियाली विकास बैंक (एडिबी)को बागमती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ।

केन्द्र निर्माणका लागि जेठ २०७९मा ठेक्का सम्झौता भएको थियो । म्याद थप गरिएके समयसहित केन्द्रको निर्माण मंसिर २०८३ रहेको छ। 

प्रकाशित मिति: १४:३८ बजे, शनिबार, मंसिर २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्