अपराजित रहँदै सुदूरपश्चिम क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा, चितवनको सम्भावना कायमै
केहीबेर अघि टियू स्टेडियममा सकिएको खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिम क्वाफिायरमा पुगेको हो।
काठमाडाैं, मंसिर १८ : सुदूरपशिचम रोयल्स अपराजित रहँदै नेपाल प्रियिमर लिगको क्वालिफायरमा प्रवेश गरेको छ। केहीबेर अघि टियू स्टेडियममा सकिएको खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिम क्वाफिायरमा पुगेको हो।
लगतार छैठौं जित निकालेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा रहने पक्का भएको छ। अब उसले क्वालिफायर १मा काठमाडौं गोर्खाज या विराटनगर किंग्समध्ये १सँग खेल्ने छ।
सुदूरपश्चिमको जितसँगै विरानगर किंग्स पनि प्लेअफमा पुगेको छ। उसको ६ खेलमा ८ अंक छ, र ऊ तेस्रो स्थानमा छ। अब अन्तिम खेलमा सुदूरपश्चिमलाई फराकिलो अन्तरले हराउन सके विराटनगर दोस्रो स्थानमा रहँदै क्वालिफायर १ खेल्ने छ भने झिनो अन्तको जित र पराजयले उसले एलिमिनेटर खेल्नु पर्ने छ।
१० अंकसहित दोस्रो स्थानमा रहेको काठामडौंको १० अंक छ। ऊ आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफमा पुगिसकेको छ।
१७० रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा १२० रनमै अलआउट भयो। उसका लागि रवि बोपराले सर्वाधिक २९ रन बनाउँदा देव खनालले २८, अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन बनाए।
बलिङमा सुदूरपश्चिमका पुनित मेहराले ३ तथा दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले क्रिस लिनको अर्धशतक मद्दतमा ४ विकेटको क्षतिमा १६९ रन बनायो। एनपिएलमा मेडन अर्धशत बनाउने क्रममा उनले ५६ बलमा ५ चौका र ३ छक्का मद्दतमा ७५ रन बनाए।
यस्तै, आसिफ सेख र दीपेन्द्रसिंह ऐरीले समान २४ रन बनाउँदा विनोद भण्डारीले २१ रन बनाए। बलिङमा चितवनका सैफ जइबले २ तथा रञ्जित कुमार र जर्ज स्क्रिमशले समान १ किवेट लिए।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)