Kathmandu Press

नख्खु जेल पुगेर सुदन गुरुङले भेटे रविलाई

नख्खु जेल पुगेर सुदन गुरुङले भेटे रविलाई

काठमाडौं, मंसिर १८ : जेनजी अभियन्ता सुदन गुरुङले विहीबार नख्खु जेल पुगेर राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।

लामिछानेसँगको भेटमा गुरुङले सबै वैकल्पिक शक्ति मिल्नुपर्ने प्रस्ताव राखेको बताइएको छ । गुरुङको प्रश्तावमा लामिछाने सकारात्मक देखिएको जनाइएको छ। 

रास्वपा सभापति लामिछानेले सबै सकारात्मक भए रास्वपा मिल्न र छलफल गर्न तयार रहेको बताएका थिए । लामिछानेले सहकारी रकम अपचलन मुद्दामा आफूमाथि अन्याय भएकाले छिटो न्याय पाउनुपर्ने भनाई गुरुङसँग राखेका थिए। 

लामिछानेले छिटो निरुपणका लागि पहल गरिदिन पनि गुरुङसँग आग्रह गरेका थिए। 

लामिछानेसँगको भेटपछि गुङले संचारमाध्यमलाई बताए अनुसार लामिछानेले जेनजी आन्दोलनमा आफ्नो पूर्ण साथ रहेकाले देश बनाउने अभियानमा एक भएर लाग्न पनि अनुरोध गरेका थिए।

गुरुङले वैकल्पिक धारका विभिन्न शक्तिसँग समन्वय गर्नेसमेत बताएका छन्।

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, मंसिर १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्