साहबले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमाडौं प्लेअफमा, पोखरालाई प्ले अफको झिनो आशा
बिहीबार टियू स्टेडियममा भएको खेलमा साहबको सानदार बलिङ प्रदर्शनमा पोखरा एभेन्जर्समाथि १३ रनको जित निकाल्दै काठमाडौं प्ले अफमा पुगेको हो।
काठमाडौं, मंसिर १८ : साहब आलमले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ। बिहीबार टियू स्टेडियममा भएको खेलमा साहबको सानदार बलिङ प्रदर्शनमा पोखरा एभेन्जर्समाथि १३ रनको जित निकाल्दै काठमाडौं प्ले अफमा पुगेको हो।
काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम हो। यसअघि सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगिसकेको छ। लिगको सबैखेल खेलिसक्दा काठमाडौं १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। रनरेट राम्रो भएकाले उसको शीर्ष २ मा रहँदै क्वालिफायर खेल्ने सम्भावना बलियो छ।
यता, काठमाडौंसँगको पराजयपछि पोखराको प्लेअफ सम्भावना कठीन बनेको छ। प्लेअफ सम्भावना कायमै राख्न अब उसले अन्तिम खेलमा लुम्बिनी लायन्सलाई हराउँदै पर्ने छ भने चितवन राइनोजले बाँकी खेलमा पराजय या कम्तिमा एउटा खेलमा ठूलो अन्तरको हार व्यहोर्नुपर्ने छ। जनकपुर बोल्ट्सले पनि एउटा खेल हार्नुपर्नेछ।
१६६ रनको लक्ष्य पछ्याएको पोखरा साहबले ह्याट्रिकसहित ६ विकेट लिएपछि १५२ रनमै समेटियो। उसका लागि ऋषि धवनले ३१ बलमा ३ चौका र २ छक्का मद्दतमा ५४ रन बनाउँदा धनन्जय लक्सनले ३० रन बनाए। यस्तै, कप्तान कुशल भुर्तेलले २२ र जेसन रोएले १६ रन बनाए।
पोखराको इनिङ धरासायी बनाउने क्रममा काठमाडौं साहब आलमले ह्याट्रिकसहित ६ विकेट लिए। उनले अन्तिम ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएका थिए। उनले ४ ओभरमा २५ रन दिए ६ विकेट लिए। यो प्रतियोगिताकै उत्कृष्ट स्पेल हो। यस्तै, सन्नी पटेल र करण केसीले समान २ विकेट लिए।
त्यसअघि भीम सार्की र बेन चार्ल्सवर्थले नेपाल प्रिमियर लिगमा आफ्नो पहिलो अर्धशतक बनाएपछि काठमाडौं गोर्खाजले ८ विकेटको क्षतिमा १६५ रन बनायो। उसका लागि वेन चार्ल्सवर्थले सर्वाधिक ६४ रन बनाए। उनले ५५ बलमा ५ चौका र २ छक्का मद्दतमा ६४ रन बनाए।
यस्तै, विस्फोटक ब्याटिङ गरेका भीमले २३ बलमा ५ चौका र ४ छक्का मद्दतमा ५५ रन बनाए। यी दुईले छैठौं विकेटका लागि छैठौं विकेटका लागि ७६ रनको उत्कृष्ट साझेदारी गरेका थिए। यी दुई बाहेक मिलिन्द कुमारले १३ रन बनाए।
बलिङमा पोखरामा धनन्जय लक्सनले ४ ओभरमा १ मेडनसहित ४ विकेट लिए भने कप्तान कुशल भुर्तेलले २ र विपिन खत्री तथा किरण ठगुन्नाले समान १ विकेट लिए।
प्ले अफ आशा जिवितै राख्न पोखराले आजको खेल जित्नै पर्ने छ। काठमाडौं भने आजको खेल जित्दै शीर्ष २ मा लिग सकाउन चाहन्छ। हारले पनि उसको प्लेअफ आशा कायमै रहने छ।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)