Kathmandu Press

प्रधानमन्त्री कार्कीले गरिन् सर्वपक्षीय बैठक आव्हान 

प्रधानमन्त्रीको सचवालयका अनुसार बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको छ। 
प्रधानमन्त्री कार्कीले गरिन् सर्वपक्षीय बैठक आव्हान 

काठमाडौं, मंसिर १८ : प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनका बिषयमा छलफल गर्न भोली (शुक्रबार) का लागि सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। 

सर्वपक्षीय बैठक शुक्रबार अपराह्न ४ बजेका लागि बोलाइएको छ। 

प्रधानमन्त्रीको सचवालयका अनुसार बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको छ। 

फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको बिषयमा वृहद छलफल हुने बताइएको छ। 

निर्वाचनका लागि वातावरण तयार गर्न राजनीतिक दल लगायतसँग छलफल हुन थालेको हो।  

प्रकाशित मिति: १४:५८ बजे, बिहीबार, मंसिर १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्