Kathmandu Press

काठमाडौंका तत्कालिन सिडिओ रिजालसँग आयोगले लियो बयान 

मङ्सिर १७ र १८ गते दुई दिन सिंहदरबारस्थित आयोगको कार्यालयमा रिजालसँग बयान लिइएको हो। जेनजी प्रदर्शनका बेला रिजाल काठमाडौँको प्रमुख जिल्ला अधिकारी थिए। 
काठमाडौंका तत्कालिन सिडिओ रिजालसँग आयोगले लियो बयान 

काठमाडौं, मंसिर १८ : जेनजी प्रदर्शनको घटनामा छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग दुईदिनसम्म बयान लिएको छ। 

मङ्सिर १७ र १८ गते दुई दिन सिंहदरबारस्थित आयोगको कार्यालयमा रिजालसँग बयान लिइएको हो। जेनजी प्रदर्शनका बेला रिजाल काठमाडौँको प्रमुख जिल्ला अधिकारी थिए। 

प्रदर्शनकाक्रममा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भन्दै यतिबेला रिजालको तीव्र आलोचना भइरहेको छ । रिजालको बयान नसकिएकाले शुक्रबार पनि बयानका लागि डाक्ने तयारी भइरहेको छ। 

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले अहिलेसम्म सुरक्षा प्रमुखदेखि प्रशासकसम्म करिब १५० जनासँग सोधपुछ र बयान लिइसकेको छ। 

प्रकाशित मिति: १४:५६ बजे, बिहीबार, मंसिर १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्