Kathmandu Press

एमाले महाधिवेशन उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन हुने

उद्घाटनको खुल्लासत्रमा उल्लेख्य सहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गरिने बताइएको छ। बन्दसत्रका क्रममा झण्डै पाँच सय स्वयंसेवक खटाइने छ।
एमाले महाधिवेशन उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन हुने

काठमाडौं, मंसिर १८ : एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने भएका छन्। 

उद्घाटनको खुल्लासत्रमा उल्लेख्य सहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गरिने बताइएको छ। बन्दसत्रका क्रममा झण्डै पाँच सय स्वयंसेवक खटाइने छ।

Hardik ivf

स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट खटाइने भएको छ । राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ) ले पनि स्वयंसेवाको समन्वय गर्नेछ।

महाधिवेशनको उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। 

स्वयम्सेवकले उदघाटन समारोहको मञ्च व्यवस्थापन, शौचालय व्यवस्थापनदेखि आवश्यक पूर्वाधार निर्माणसम्मका काम गर्नेछन्। महाधिवेशनमा आयोजक र निर्वाचित गरी दुई हजार चार सय प्रतिनिधि रहने एमालेले जनाएको छ।

 

 

प्रकाशित मिति: १३:२३ बजे, बिहीबार, मंसिर १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्