राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा बहाल रहेकालाई उम्मेदवारमा सिफारिस नगर्न कांग्रेसको परिपत्र
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार परिपत्र जारी गर्दै राष्ट्रियसभामा र प्रदेशसभामा बहाल रहेकाहरूलाई उम्मेदवारका लागि सिफारिस नगर्न निर्देशन दिएका हुन्।
काठमाडौं, मंसिर १८ : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा बहाल रहेकालाई उम्मेदवारमा सिफारिस नगर्न विहीबार पुनः परिपत्र गरेको छ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार परिपत्र जारी गर्दै राष्ट्रियसभामा र प्रदेशसभामा बहाल रहेकाहरूलाई उम्मेदवारका लागि सिफारिस नगर्न निर्देशन दिएका हुन्।
‘राष्ट्रियसभामा हाल बहाल रहनुभएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन। प्रदेशसभामा हाल बहाल रहनुभएका प्रदेशसभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन,’ परिपत्रमा भनिएको छ।
परिपत्र अनुसार प्रदेशसभा निर्वाचन–२०७९ मा समानुपातिकतर्फको बन्द सूचीमा समावेश भएका उम्मेदवारहरूको नाम पनि सिफारिस गर्न पाइने छैन । राष्ट्रियसभा निर्वाचनका लागि एक सिटमा तीन जनाको नाम सिफारिस गर्न परिपत्रमार्फत निर्देशन दिइएको छ।
कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि एक महिलासहित तीन जना, समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई समेत ध्यानमा राखी कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न मातहतका पार्टी निकायलाई परिपत्र गरेको हो।












