Kathmandu Press

सौराहामा होटलको चौथो तलाबाट खस्दा छात्राको मृत्यु

मंगलबार राति ११ बजे तिर होटलको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनलाई तत्कालै उद्धार गरी बकुलहर अस्पताल टाँडी पुर्‍याइएको थियो।
सौराहामा होटलको चौथो तलाबाट खस्दा छात्राको मृत्यु

चितवन, मंसिर १८ : चतवनको रत्ननगर–६ सौराहास्थित होटल पार्क साइटको चौथो तलाबाट खस्दा सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी शिद्धबाबा स्कुलमा अध्ययनरत १८ वर्षीया छात्रा स्नेहा पाख्रिनको मंगलबार राति मृत्यु भएको छ।

मंगलबार राति ११ बजे तिर होटलको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनलाई तत्कालै उद्धार गरी बकुलहर अस्पताल टाँडी पुर्‍याइएको थियो। उपचारका क्रममा राति २३ः४५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ। पाख्रिन शैक्षिक भ्रमणका लागि सौराहा पुगेकी थिइन्।

Hardik ivf

घटना इलाका प्रहरी कार्यालय रत्ननगर–टाँडीको क्षेत्राधिकारभित्र पर्ने भएकाले प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक विवरण सङ्कलन गर्दै आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ। प्रहरीका अनुसार होटेलभित्रको अवस्थामा कायमै राखेर थप तथ्य सङ्कलन गरिँदैछ।

शैक्षिक भ्रमणमा गएकी किशोरीको यस्तो दुःखद दुर्घटनाले विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायमा गहिरो पीडा छाएको छ। प्रहरीले घटनाको सबै पक्ष स्पष्ट हुने गरी अनुसन्धान जारी राखेको जनाएको छ।
 

प्रकाशित मिति: ११:२४ बजे, बिहीबार, मंसिर १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्