एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
पहिलो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स भिड्दै छन् भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । काठमान्डुले आज लिग चरणको अन्तिम खेल खेल्न लागेको हो ।
काठमाडौं, मंसिर १८ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ ।
पहिलो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स भिड्दै छन् भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । काठमान्डुले आज लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । ६ खेलबाट ४ खेल जित्दै ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ । आजको खेल जित्न सके काठमान्डुले प्लेअफमा स्थान सुरक्षित गर्नेछ ।
पोखरा एभेन्जर्सले छैटौं खेल खेल्दैछ । पोखरा पाँचमध्ये २ खेल जितेर चार अंक जोड्दै पाँचौं स्थानमा छ । आजको खेल उसका लागि प्लेअफमा पुग्ने सम्भावना जीवित राख्नका लागि महत्त्वपूर्ण छ ।
दोस्रो खेलमा भिड्न लागेको सुदूरपश्चिम रोयल्स अहिलेसम्म अपराजित छ । आज उसले छैटौं खेल खेल्दैछ । सुदूरपश्चिम १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । उसले प्लेअफमा स्थान पनि सुरक्षित गरिसकेको छ ।
चितवन राइनोजले पनि छैटौं खेल खेल्दैछ । उसले २ खेल जितेर ४ अंक जोड्दै छैटौं स्थानमा छ । चितवनका लागि पनि प्लेअफमा पुग्न आजको खेल महत्त्वपूर्ण छ ।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)