Kathmandu Press

संसद पुनर्स्थापना माग गर्दै एमालेले दायर गरेको रिटमा सर्वोच्चबाट जवाफ माग 

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेका तर्फबाट निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले रिट दायर गरेका थिए। 
संसद पुनर्स्थापना माग गर्दै एमालेले दायर गरेको रिटमा सर्वोच्चबाट जवाफ माग 

काठमाडौं, मंसिर १७ : सर्वोच्च अदालतले संसद विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा राष्ट्रपति कार्यालय, मन्त्रिपरिषदसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको छ। 

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेका तर्फबाट निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले रिट दायर गरेका थिए। 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा.मनोज शर्मा संलग्न संवैधानिक इजलासले संसद् विघटनको कारणसहित सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो। 

संवैधानिक इजलासबाट एमालेका तर्फबाट दायर रिट पनि यसअघि संसद् विघटनविरुद्ध अधिवक्ता डा.प्रेमराज सिलवालले दायर गरेको रिटसँगै लगाउमा राख्न समेत आदेश भएको छ। 

सबै विपक्षीको जवाफ परेपछि उक्त रिटमा अर्को सुनुवाईका लागि आगामी मंसिर २२ गतेको पेसी तय भएको छ। 

प्रकाशित मिति: १९:०२ बजे, बुधबार, मंसिर १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्