१२२ मध्ये ३३ दलले मात्र निर्वाचन आयोगमा बुझाए आय–व्यय विवरण
आय–व्यय विवरण समयमै नबुझाए निर्वाचन आयोगले अवधि समाप्त भएको ३५ दिनभित्र लेखा परीक्षण प्रतिवेदन पेस नगर्नुको कारण खुलाई दलहरुलाई स्पष्टीकरण पेस गर्न आदेश दिन सक्ने कानुनी व्यवस्था छ।
काठमाडौं, मंसिर १७ : निर्वाचन आयोगमा दर्ता भएका १२२ दलमध्ये आजसम्म ३३ वटा दलले गत आर्थिक वर्षको आय–व्यय विवरण बुझाएका छन्।
राजनीतिक दललाई कानुन वमोजिम आगामी माघ मसान्तसम्म आफ्नो पार्टीको आय–व्ययको लेखा परीक्षण लेखा परीक्षकबाट गराई निर्वाचन आयोगमा पेस गर्ने समय दिइएको छ।
अझै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत भएका दलहरूले विवरण बुझाउन बाँकी छ। आय–व्यय विवरण समयमै नबुझाए निर्वाचन आयोगले अवधि समाप्त भएको ३५ दिनभित्र लेखा परीक्षण प्रतिवेदन पेस नगर्नुको कारण खुलाई दलहरुलाई स्पष्टीकरण पेस गर्न आदेश दिन सक्ने कानुनी व्यवस्था छ।
आय–व्यव विवरण पेस गर्ने दलहरूको कानुनतः निर्वाचन आयोगमा पेस गरेको मितिले एक महिनाभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिसक्नु पर्ने हुन्छ।
यी हुन् आय–व्यय विवरण बुझाउने दल
निर्वाचन आयोगले जनाए अनुसार आय–व्यय विवरण बुझाउने दलहरूमा नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, मधेशी जनअधिकार फोरम मधेश, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेसन, त्रिमूल नेपाल, जन प्रजातान्त्रिक पार्टी नेपाल, चुरेभावर लोकतान्त्रिक पार्टी रहेका छन्।
यस्तै, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय विकास पार्टी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), इतिहासिक जनता पार्टी, जनजागरण पार्टी नेपाल, बहुजन शक्ति पार्टी, नेपाल जनमुक्ति पार्टीले पनि आय–व्यय विवरण बुझाएका छन्।
यसका साथै नेपाल जनता संरक्षण पार्टी, नेपाल मानवता पार्टी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), नेपाल परिवार दल, समावेशी समाजवादी पार्टी नेपाल, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, मितेरी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रवादी युवा मोर्चा, मितेरी पार्टी नेपाल, प्रगतिशिल समाजवादी पार्टी, राष्ट्रिय समुन्नति पार्टी, आमुल परिवर्तन रिपब्लिकन पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी परिवर्तनले पनि आयव्यय विवरण बुझाएका छन्।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)