Kathmandu Press

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शाक्यलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो। प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको आरोप उनीमाथि लगाइएको छ। 
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

काठमाडौं, मंसिर १७ : सिआइबीले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई बुधबार पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शाक्यलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो। प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको आरोप उनीमाथि लगाइएको छ। 

शाक्यलाई अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी भइरहेको छ। यसअघि प्रभु बैंककै सिइओ अशोक शेरचनसहित तीन जना पक्राउ परेका थिए। 

पक्राउ परेकाहरुमाथि सिआइबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
 
प्रकाशित मिति: १४:०८ बजे, बुधबार, मंसिर १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्