सामान्य अंकले घट्यो नेप्से
सोमबारको बजारमा ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको नेप्से परिसुचक आजभने ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा झरेको हो।
काठमाडौं, मंसिर १६ : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से पसिुचक सामान्य अंकले घटेको छ। सोमबारको बजारमा ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको नेप्से परिसुचक आजभने ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा झरेको हो।
सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ।
सोमबार ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा यसदिन कुल ३२४ स्टकको ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख १० हजार कित्ता शेयर खरिद बिक्री भएको छ। यो खरिद बिक्री ५६ हजार ९ पटकको कारोबारमा भएको हो।
मंगलबार ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, माबिलुङ इनर्जीं, बुंगल हाइड्रो र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यसदिन ग्रिन भेन्चर्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९.८५ प्रतिशतले घटेको छ। त्यस्तै स्ट्यान्र्डड चार्टड बैंकको शेयर मूल्य पनि प्रतिकित्ता ३.८८ प्रतिशतले घटेको छ। युनियन हाइड्रोपावर, माउन्टेन इनर्जी, नाग्दी ग्रुप पावर लिमिटेड र ग्रिन भन्चर्स लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। बाँकी उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।












