Kathmandu Press

नेप्से ४.२८ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

सोमबार कुल ३२५ स्टकको ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से ४.२८ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौं, मंसिर १५ : साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक घटेको छ। सोमबार नेप्से परिसूचक ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको छ। 

सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ।

Hardik ivf

सोमबार कुल ३२५ स्टकको ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस्तै, ग्रिन भेन्चर्स लिमिटेडको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले घटेको छ।

निफ्रा ग्रीन इनर्जी डिबेञ्चरको शेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशत ९.५१ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन यूनाइटेड मोदी हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर कारोबार सबैभन्दा धेरै भएको छ।

आज १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
 

प्रकाशित मिति: १९:५० बजे, सोमबार, मंसिर १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्