Kathmandu Press

कर्णालीलाई हराउँदै काठमाडौं प्लेअफ नजिक, कर्णाली कठीन अवस्थामा

लिगको अन्तिम खेलमा काटमाडौंले अब पोखरा एभेन्जर्ससँग खेल्नेछ। यो खेल जितेमा ऊ प्लेफमा पुग्ने छ भने हारले पनि उसको सम्भावना जिवितै रहनेछ।
कर्णालीलाई हराउँदै काठमाडौं प्लेअफ नजिक, कर्णाली कठीन अवस्थामा

काठमाडाैं, मंसिर १४ : ६ खेलमा चौथो जित निकालेको काठमाडौं गोर्खाज दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको प्लेअफ नजिक पुगेको छ। आइतबार भएको एक मात्र खेलमा कर्णाली याक्सलाई ५ विकेटले हराउँदै काठमाडौं प्लेअफ नजिक पुगेको हो।

६ खेलमा ८ अंकसहित काठमाडौं अंक तालिकाको दोस्रो स्थानमा उक्लिएका छ। उसले समान ८ अंक नै जोडेको विराटनगर किंग्सलाई रन रेटमा पछि पारेको छ। लिगको अन्तिम खेलमा काटमाडौंले अब पोखरा एभेन्जर्ससँग खेल्नेछ। यो खेल जितेमा ऊ प्लेफमा पुग्ने छ भने हारले पनि उसको सम्भावना जिवितै रहनेछ।

Hardik ivf

यता, काठमाडौंसँगको हारपछि कर्णालीको प्लेफ सम्भावना कठीन बनेको छ। ५ खेलमा उसको २ अंक मात्रै छ। प्लेअफको सम्भावना जिवितै राख्न उसले अब बाँकी दुई खेलमा जनकपुर बोल्टस र पोखरा एभेन्जर्ससँग खेल्ने छ। दुवै खेलमा फराकिलो अन्तरको जित निकाल्नु पर्ने छ भने अन्य खेलको नतिजा पनि कुर्नुपर्ने छ।

पहिला ब्याटिङ गर्दै कर्णालीले दिएको १५० रनको मध्यम लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि जेरार्ड इरास्मसले नटआउट ४३ रन बनाउँदा जोन सिम्पसनले २१ बलमा ४१ रनको इनिङ खेले। यी दुईले चौथो विकेटका लागि ८६ रनको उत्कृष्ट साझेदारी गरेका थिए। 

यस्तै, बेन चार्ल्सवर्थले २१ बलमा ३४ रन बनाउँदा मिलिन्द कुमारले १५ रन बनाए। बलिङमा कर्णालीका नन्दन यादवले ३ तथा पवन सर्राफले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले युवा अलराउन्डर गुल्सन झालेको नटआउट ४९ रनको मद्दतमा ७ विकेटको क्षतिमा १४९ रन बनायो। उसका लागि गुल्सनले २२ बलमा ६ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाए। 

गुल्सनले सातौं विकेटका लागि दीपक डुम्रेसँग ५५ रनको साझेदारी गरेका थिए। डुम्रेले १० रन बनाए। यस्तै, पवन सर्राफले २९ बलमा समान २ चौका र छक्का मद्दतमा ३५ रन बनाउँदा मार्क वाटले ३० रन बनाए।

बलिङमा काठमाडौंका रसिद खानले २ तथा करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान १ विकेट लिए।

प्रकाशित मिति: २०:०५ बजे, आइतबार, मंसिर १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्