Kathmandu Press

गुल्सनको उत्कृष्ट ब्याटिङ, कर्णालीले काठमाडौंलाई दिए १५० रनको मध्यम लक्ष्य

त्रिवी क्रिकेट स्टेडियममा पहिला ब्याटिङ गरेको कर्णालीले गुल्सनको नटआउट ४९ रनको मद्दतमा ७ विकेटको क्षतिमा १४९ रन बनायो। उसका लागि गुल्सनले २२ बलमा ६ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाए। 
गुल्सनको उत्कृष्ट ब्याटिङ, कर्णालीले काठमाडौंलाई दिए १५० रनको मध्यम लक्ष्य

काठमाडौं, मंसिर १४ : युवा अलराउन्डर गुल्सन झाले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १५० रनको मध्यम लक्ष्य दिएको छ। 

त्रिवी क्रिकेट स्टेडियममा पहिला ब्याटिङ गरेको कर्णालीले गुल्सनको नटआउट ४९ रनको मद्दतमा ७ विकेटको क्षतिमा १४९ रन बनायो। उसका लागि गुल्सनले २२ बलमा ६ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाए। 

Hardik ivf

गुल्सनले सातौं विकेटका लागि दीपक डुम्रेसँग ५५ रनको साझेदारी गरेका थिए। डुम्रेले १० रन बनाए। यस्तै, पवन सर्राफले २९ बलमा समान २ चौका र छक्का मद्दतमा ३५ रन बनाउँदा मार्क वाटले ३० रन बनाए।

बलिङमा काठमाडौंका रसिद खानले २ तथा करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान १ विकेट लिए।

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, मंसिर १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्