Kathmandu Press

नेप्सेमा २६.५१ अंकले घट्दा करोबार रकम बढ्यो

नेप्सेमा २६.५१ अंकले घट्दा करोबार रकम बढ्यो

काठमाडौं, मंसिर १४ : साताको पहिलो कारोबार दिन नेप्से परिसुचक घटेको छ। नेप्से परिसुचक २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा झरेर रोकिएको छ।

आजको बजारमा सेन्सेटिभ इन्डेक्स ४.६७ र फ्लोट इन्डेक्स २.०६ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स पनि १.६६ अंकले घटेको छ। 

Hardik ivf

बिहिबारको बजारमा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैया बराबरको १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर कारोबार भएकोमा आजको बजारमा कुल ३४२ स्टकको ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ। यो किनबेच ८४ हजार १५६ पटकको कारोबारमा भएको हो।

यस दिन पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टिलरी, निफ्रा ग्रिन इनर्जी डिबेन्चर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
एनएमबी डिबेन्चर २०९० को शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस डिबेन्चरको मूल्य प्रतिकित्ता ८.९९ प्रतिशतले घटेको छ।

आजको कारोबारमा हिमालयन रिइन्स्योरेन्स, जोशी हाइड्रोपवार, ग्रिनभेन्चर लिमिटेड र एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको शेयर सबैभन्दा धेरै कारोर भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो।

लगानी उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
 

प्रकाशित मिति: १६:२१ बजे, आइतबार, मंसिर १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्