सुनको मूल्य तोलामा १६ सय बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो।
काठमाडौं, मंसिर १४ : साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो।
शुक्रबार २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ।
चाँदीको मूल्यमा भने नयाँ रेकर्ड कायम भएको छ। शुक्रबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४५ रुपैयाँले बढेर ३४ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
प्रकाशित मिति: ११:४४ बजे, आइतबार, मंसिर १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-(56)-1764919423.jpg)





-1764753058.png)
-1764751301.jpg)
