एनपिएलमा चितवनको विजयी सुरुआत, कर्णाली याक्स ४ विकेटले पराजित
कर्णालीले दिएको १६७ रनको चुनौतीपूर्ण लक्ष्य चिवतवनले १९.१ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। उसका लागि अनुवभी इंग्लिस अलराउन्डर रवि बोपराले अर्धशतक बनाए। उनले ३६ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ५२ रन बनाए।
काठमाडाैं, मंसिर २ : नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ। मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हरायो।
कर्णालीले दिएको १६७ रनको चुनौतीपूर्ण लक्ष्य चिवतवनले १९.१ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। उसका लागि अनुवभी इंग्लिस अलराउन्डर रवि बोपराले अर्धशतक बनाए। उनले ३६ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ५२ रन बनाए।
यस्तै, युवा ब्याट्सम्यान दीपक बोहराले ३६ बलमा ६ चौका र १ छक्का मद्दतमा ४२ रन बनाउँदा सैफ जइबले १६ बलमा २ चौका र ४ छक्का मद्दतमा ३८ रन बनाउँदा कप्तान कुशल मल्लले १५ बलमा २० रन बनाए।
बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले २ तथा युनिस सिंह ठकुरी, मार्क वाट र युवराज खत्रीले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले प्रियंक पञ्चालको उत्कृष्ट ब्याटिङ मद्दता ३ विकेटको क्षतिमा १६६ रन बनाएको थियो। पञ्चालले ९० रनको उत्कृष्ट पारी खेले। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि म्याक्स ओडाउडसँग ६१ रनको साझेदरी गरेका थिए। जसमा ओडाउडले ३० बलमा २० रन बनाए।
यस्तै, अन्त्यतिर पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का मद्दतमा २७ रन बनाउँदा तेस्रो नम्बरमा ब्याटिङका लागि आएका मार्क वाटले २१ बलमा १६ रन मात्र बनाउन सके।
बलिङमा चितवनका सोहेल तनवीर, सैफ जइब र रवि बोपराले समान १ विकेट लिए।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)