पञ्चालको उत्कृष्ट ब्याटिङमा कर्णालीले दियो चितवनलाई १६७ रनको लक्ष्य
कीर्तिपुरस्थित टियू स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले भारतीय खेलाडी प्रियंक पञ्चालको उत्कृष्ट ब्याटिङ मद्दतमा चितवन राइनोजलाई १६७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
काठमाडाैं, मंसिर २ : नेपाल प्रिमियर लिगको दोस्रो खेलमा अहिले जारी छ। कीर्तिपुरस्थित टियू स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले भारतीय खेलाडी प्रियंक पञ्चालको उत्कृष्ट ब्याटिङ मद्दतमा चितवन राइनोजलाई १६७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
पञ्चालले आकर्षक ब्याटिङ गरेपछि कर्णाली निर्धारित ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाए। उनका लागि पञ्चालले ९० रनको उत्कृष्ट पारी खेले। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि म्याक्स ओडाउडसँग ६१ रनको साझेदरी गरेका थिए। जसमा ओडाउडले ३० बलमा २० रन बनाए।
यस्तै, अन्त्यतिर पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का मद्दतमा २७ रन बनाउँदा तेस्रो नम्बरमा ब्याटिङका लागि आएका मार्क वाटले २१ बलमा १६ रन मात्र बनाउन सके।
बलिङमा चितवनका सोहेल तनवीर, सैफ जइब र रवि बोपराले समान १ विकेट लिए।
-(56)-1764919423.jpg)










