Kathmandu Press

नेपाल प्रियिमर लिग : डिफेन्डिङ च्याम्पियनविरुद्ध काठमाडौं गोर्खाजको सानदार जित

उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरलाई काठमाडौं गोर्खाजले ५ विकेटले हरायो।
नेपाल प्रियिमर लिग : डिफेन्डिङ च्याम्पियनविरुद्ध काठमाडौं गोर्खाजको सानदार जित

काठमाडाैं, मंसिर १ : नेपाल प्रियिमर लिग (एनपिएल)को दोस्रो सिजन आजबाट प्यारापिट र फ्लडलाइटसहितको टियू क्रिकेट स्टेडियममा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमै डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स पराजित भएको छ।

भर्खरैसम्पन्न भएको खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरलाई काठमाडौं गोर्खाजले ५ विकेटले हरायो। पहिलो सिजन खराब प्रदर्शन गरेपछि काठमाडौंले यो सिजन नाम, लोगो र टिम व्यवस्थान सबै परिवर्तन गरेको थियो।

Hardik ivf

पहिला ब्याटिङ गर्दै जनकपुरले दिएको १३१ रनको मध्यम लक्ष्य काठमाडौंले १८ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि वेन चार्ल्सवर्थले २३ बलमा ५ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४३ रन बनाए। 

यस्तै, आकाश त्रिपाठीले ४५ बलमा ५ चौका प्रहार गदैृ ३९ रन बनाए। आकाश र चार्ल्सवर्थले पहिलो विकेटका लागि ७० रनको उत्कृष्ट साझेदारी गरेका थिए। मिलिन्द कुमारले १९ र जोन सिम्पसनले १३ रन बनाए।

टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले मध्यक्रम कोल्याप्स भएपछि ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो।

पहिलो पटक नेपाल फ्लडलाइटमा भएको खेलमा जनकपुरका लागि मार्की खेलाडी आसिफ सेखले अर्धशतक बनाए। उनले ४१ बलमा ६ चौका र १ छक्का मद्दतमा ५४ रन बनाए। यस्तै, युवा ब्याट्सम्यान मयन यादवले २९ बलमा नटआउट ३४ रन बनाउँदा लहिरु समरकुनले २१ बलमा २२ रन बनाए। 

उसका अन्य चार ब्याट्सम्यान सिंगल डिजिजमा आउट भए। लहिरु मिलन्थाले १२ बलमा ७, जान निकोल लफ्टी इटोन र सन्जय कृष्णमूर्तिले समान २ रन बनाउँदा कप्तान अनिल साह २ बलमा डकआउट भए। 

बलिङमा काठमाडौंका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने करण केसी, साहब आलम र सन्तोष यादवले समान १ विकेट लिए।

प्रकाशित मिति: १९:३४ बजे, सोमबार, मंसिर १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्