मृत्युदण्डको फैसलापछि हसिनाले भनिन्– पक्षपाती, राजनीतिक प्रेरित र लोकतान्त्रिक जनादेश बिनाको धाँधलीपूर्ण
‘आईसीटी (अदालत) मा अन्तर्राष्ट्रिय केही छैन, न त यो कुनै पनि हिसाबले निष्पक्ष छ, अवामी लिग (उनको पार्टी) का सदस्यहरूलाई विशेष रूपमा मुद्दा चलाइएको छ, जबकी विपक्षी दलले गरेका कथित हिंसालाई बेवास्ता गरिएको छ,’ अन्तर्वार्तामा उनले भनेकी छन्।
काठमाडौं, मंसिर १ : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले मानवता विरुद्धको अपराध मुद्दामा मृत्युदण्डको सजाय सुनाएपछि उनले सो फैसला पक्षपाती, राजनीतिक रूपमा प्रेरित र लोकतान्त्रिक जनादेश बिनाको धाँधलीपूर्ण रहेको प्रतिक्रिया दिएकी छन्।
हसिनाले सोमबार नयाँ दिल्लीमा इन्डिया टूडेसँगको अन्तर्वार्तामा यस्तो प्रतिक्रिया दिकए हुन् । उनले आफूमाथि लगाइएका आरोपहरूलाई अस्वीकार गरिन् । उनले फैसला पूर्व निर्धारित निष्कर्ष भएको दाबीसमेत गरिन्।
‘आईसीटी (अदालत) मा अन्तर्राष्ट्रिय केही छैन, न त यो कुनै पनि हिसाबले निष्पक्ष छ, अवामी लिग (उनको पार्टी) का सदस्यहरूलाई विशेष रूपमा मुद्दा चलाइएको छ, जबकी विपक्षी दलले गरेका कथित हिंसालाई बेवास्ता गरिएको छ,’ अन्तर्वार्तामा उनले भनेकी छन्।
ढाकास्थित अन्तर्राष्ट्रिय अदालतले सोमबार नै हसिनालाई हिंसा भड्काएको, प्रदर्शनकारीहरूलाई मार्ने आदेश जारी गरेको र व्यापक अत्याचार रोक्न असफल भएको आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो। हसिनासँगै तत्कालिन गृहमन्त्री असदुज्जमान खानलाई पनि मृत्युदण्डको सजाए सुनाइएको थियो।
हसिनाले भनिन्, ‘विश्वका कुनै पनि साँच्चै सम्मानित वा व्यवसायिक कानुनविद्ले बंगलादेश आईसीटी (अदालत) लाई समर्थन गर्दैनन् ।’ साथै, उनले आफूलाई हटाउन अदालत प्रयोग भएको दाबी समेत गरेकी छन्।
अन्तरिम सरकारका प्रधानमन्त्री मुहम्मद युनुसमाथि असंवैधानिक रूपमा र अतिवादी तत्वहरूको समर्थनमा सत्ता कब्जा गरेको आरोप पनि लगाइन्। उनले तटस्थ अन्तर्राष्ट्रिय मञ्चमा मुद्दाको सामना गर्न आफू तयार रहेको समेत अन्तर्वार्तामा बताएकी छन् । ‘म मेरा आरोप लगाउनेहरूलाई उचित अदालतमा सामना गर्न डराउँदिन, जहाँ प्रमाणहरूको निष्पक्ष रूपमा मुल्याकंन र परीक्षण गर्न सकिन्छ,’ उनले भनेकी छन्।
अन्तर्राष्ट्रिय अदालतले निर्दोष ठह¥याउने निश्चित भएपछि अहिलेको अन्तरिम सरकारले निष्पक्ष छानबिन हुन नदिएको भन्ने दाबी उनको छ । अन्तर्वार्तामा उनले गत वर्ष भएको आन्दोलन हिंसात्मक, क्रूर र आततायी भएको जिकिर गर्दै तत्कालीन सरकारले दमन गरेको आरोपको प्रतिवाद समेत गरेकी छन्।
बंगलादेशमा युनुस सरकारको आदेशमा सेनाले देशभर प्रतिशोधात्मक आक्रमण गरेको, अवामी लिगका नेता तथा कार्यकर्ताहरूको सयौं घर, व्यवसाय र सम्पत्ति नष्ट गरिएको आरोप उनको छ । ‘जुलाई–अगस्टको अशान्ति हाम्रा लागि त्रासदी हो,’ उनले भनेकी छन् । उनले भने अनुसार सरकार पक्षका अभियोजनकर्ताले आफूलाई सामूहिक हिंसामा जोड्ने कुनै पनि पुष्टि हुने प्रमाण पेश गर्न नसकेको दाबी पनि गरिन्।
आन्दोलनका क्रममा १४०० को मृत्यु भएको संख्या समेत झुटो रहेको दाबी उनको छ । बरु आफू नेतृत्वमा रहँदा तत्कालीन स्वास्थ्य मन्त्रालयले ६१४ जनालाई शहीद घोषणा गरेर राहत दिने निर्णय गरिएको भनाई उनको छ । युनुस सरकारको दबाबमा अभियोजनकर्ताहरू नै बेनामे साक्षीको भर परेको भनाई उनको छ।
आगामी फेब्रुअरीमा आम निर्वाचन घोषणा गरिएको अवस्थामा चुनाव आउन केही महिना बाँकी रहँदा पूर्वप्रधानमन्त्री हसिनामाथि सुनाइएको मृत्युदण्डको फैसलाले बंगलादेशमा राजनीतिक तनाव बढाएको छ ।












-1763799581.jpg)