मदिना जाँदै गरेको बस दुर्घटना, ४२ भारतीयको मृत्यु
हैदराबादका भारतीय नागरिक सवास बस डिजेलको ट्यांकरसँग ठोक्किएको थिए। सोपछि बसमा आगो लागेको बताइएको छ। मृत्यु हुनेमा २० महिला र ११ बालबालिका छन्।
रियाद, मंसिर १ : मुस्लिम धर्मावलम्बीहरुको पवित्र स्थल मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटनामा परेको छ। सोमबार भएको सो दुर्घटनामा ४२ भारतीय यात्रुहरूको मृत्यु भएको छ।
हैदराबादका भारतीय नागरिक सवास बस डिजेलको ट्यांकरसँग ठोक्किएको थिए। सोपछि बसमा आगो लागेको बताइएको छ। मृत्यु हुनेमा २० महिला र ११ बालबालिका छन्।
रातिको समयमा दुर्घटना भएकाले यात्रुहरू सुतिरहेको अवस्थामा भएकाले बढी मानवीय क्षति भएको बताइएको छ।
प्रकाशित मिति: ११:४२ बजे, सोमबार, मंसिर १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1763799581.jpg)