साउनदेखि असोजसम्म ४ अर्ब ९० करोडको आइटी सेवा निर्यात

काठमाडौं, कात्तिक ३० : गत साउनदेखि असोजसम्मको तथ्यांक अनुसार चार अर्ब ९० करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी) निर्यात भएको छ।
राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को तीन महिनामा यस्तो अवस्था देखिएको हो। तथ्यांक अनुसार ६१ करोड रूपैयाँ बराबरको सेवा आयात गरिएको देिखएको छ।
गत आर्थिक वर्ष २०८१÷८२ को यही अवधिमा तीन अर्ब ५४ करोड रूपेयाँको सेवा निर्यात भएको थियो । यस अवधिमा ५१ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरिएको छ।
राष्ट्र बैंकको तथ्याङक अनुसार प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले ११ अर्ब २६ करोड रूपैयाँ आम्दानी गरेको छ। यद्यपि, असोजसम्ममा सेवा क्षेत्रको घाटा ३२ अर्ब रूपैयाँ पुगेके छ।
सेवा निर्यातको तुलनामा आयात ३२ अर्ब धेरै देखिएको छ । यस अवधिमा विदेश भ्रमणमा ६४ अर्ब खर्च भएको छ । उच्च शिक्षाको लागि मात्रै ४२ अर्ब रूपैयाँ खर्च भएको देखिएको छ।




-(56)-1764919423.jpg)





-1764753058.png)
-1764751301.jpg)
