Kathmandu Press

वैदेशिक लगानी घट्यो, चालु खाता र शोधनान्तर स्थिति बचतमा

प्रतिवेदन अनुसार समीक्षा अवधिमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड बचतमा देखिएको हो। गत वर्ष यही समयमा १ खर्ब १५ अर्ब ३६ करोड मात्र चालु खाता बचतमा थियो। 
वैदेशिक लगानी घट्यो, चालु खाता र शोधनान्तर स्थिति बचतमा

काठमाडौं, कात्तिक ३० : नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको तथ्यांकले देशको बाह्य क्षेत्रमा भएको कारोबार (चालु खाता) बचतमा देखाएको छ।  

प्रतिवेदन अनुसार समीक्षा अवधिमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड बचतमा देखिएको हो। गत वर्ष यही समयमा १ खर्ब १५ अर्ब ३६ करोड मात्र चालु खाता बचतमा थियो। 

Hardik ivf

अमेरिकी डलरमा चालु खाताको बचत ८६ करोड डलरबाट बढेर १ अर्ब ६९ करोड डलर पुगेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर पनि बढेको छ। यस वर्ष ५ अर्ब ५५ करोड पुँजीगत ट्रान्सफर आएको छ । गत बर्ष पुँजीगत ट्रान्सफर २ अर्ब मात्र थियो।

यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) घटेको तथ्य प्रतिवेदनले उजागर गरेको छ । यस वर्ष १ अर्ब ७४ करोड मात्र वैदेशिक लगानी आएको छ । गएको वर्ष भने ४ अर्ब ८१ करोड आएको थियो । समग्रमा देशको शोधनान्तर स्थिति बलियो देखिएको छ। 

तथ्याङक अनुसार शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोड बचतमा रहेको छ । गत वर्ष १ खर्ब ८४ अर्ब ९९ करोड थियो । डलरमा १ अर्ब ३८ करोडबाट बढेर १ अर्ब ८८ करोड पुगेको छ।

प्रकाशित मिति: १६:१७ बजे, आइतबार, कात्तिक ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्