Kathmandu Press

बढ्यो पेट्रोल र डिजेलको मूल्य

शनिबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको हो।
बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं, कात्तिक ३० : नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्य वृद्धि गरेको छ।

शनिबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको हो।

Hardik ivf

निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई र डिजेलमा तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो।

अब पेट्रोलको मूल्य एक सय ६१ र डिजेलको मूल्य एक सय ४७ रुपैयाँ पुगेको छ।

यो मूल्य कातिक ३० गते बिहान १ बजेदेखि कायम हुने निगमद्वारा जारी सूचनामा उल्लेख छ।
 

प्रकाशित मिति: १४:३९ बजे, आइतबार, कात्तिक ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्