कारवाहीमा परेका मधेसका ५ सांसदले मागे एक वर्षको हाजिरी ‘रेकर्ड’
लगातार १० वटा बैठकमा अनुपस्थित भएको भन्दै मधेशका सभामुख रामचन्द्र मण्डललेजनता समाजवादी पार्टी नेपालका सांसदहरु मनिष कुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार, शारदाशंकर प्रसाद कलवार र नागरिक उन्मुक्ति पार्टीकी सांसद् उर्मिलादेवी सिंहलाई पदमुक्त गरेका थिए।-(3)-1763087459.jpg)
काठमाडौं, कात्तिक २८ : कारबाहीमा परेका मधेस प्रदेशका पाँचजना सांसदले हाजिरी रेकर्ड माग गरेका छन्।
लगातार १० वटा बैठकमा अनुपस्थित भएको भन्दै मधेशका सभामुख रामचन्द्र मण्डललेजनता समाजवादी पार्टी नेपालका सांसदहरु मनिष कुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार, शारदाशंकर प्रसाद कलवार र नागरिक उन्मुक्ति पार्टीकी सांसद् उर्मिलादेवी सिंहलाई पदमुक्त गरेका थिए।
यिनै सांसदले आफूलाई पूर्वाग्राही ढंगले सभामुखले हटाएको दाबी गर्दै एक वर्षसम्मको हाजिर रेकर्ड माग गरेका छन्।
मधेशका सभामुख मण्डलविरुद्ध बिहीबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो। पदमुक्त गरिएका सांसदहरुको तर्फबाट सञ्जयकुमार यादव र उर्मिलादेवी सिंहले हाजिरी रेकर्ड र अन्य कागजात माग गर्दै शुक्रबार मधेस प्रदेशको सचिवालयमा निवेदन दिएका छन्।
उनीहरुले आफू हरेक बैठकमा उपस्थित भएपनि पूर्वाग्राही तबरले कारवाही गरिएको बताएका छन ।











-(86)-1764936079.jpg)
