एनपिएलको टिकट मूल्य निर्धारण
क्यानले साधारण प्यारापिटमा उद्घाटन र शनिबारको ५ सय र प्रिमियममा १५ सय मूल्य निर्धारण गरिएको छ। यस्तै, अन्य दिन साधारणमा ५ सय र १ हजार मूल्य तोकिएको छ।-ink-1732889929.jpeg)
काठमाडौं, कात्तिक २७ : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि टिकट मूल्य निर्धारण गरेको छ। मंसिर १ गतेदेखि सुरु हुने एनपिएलका लागि क्यानले बिहीबार साँझ टिकट मूल्य सार्वजनिक गरेको छ।
पहिलो पटक टियू मैदानमा प्यारापिटसहित फ्लड लाइटमा खेल हुँदैछ। त्यका लागि क्यानले ५ सयदेखि २ हजारसम्म टिकट मूल्य तोकेको छ।
क्यानले साधारण प्यारापिटमा उद्घाटन र शनिबारको ५ सय र प्रिमियममा १५ सय मूल्य निर्धारण गरिएको छ। यस्तै, अन्य दिन साधारणमा ५ सय र १ हजार मूल्य तोकिएको छ। यो लिग चरणका लागि मात्र हो।
प्लेफअ र फाइनको टिकट दर छुट्टै छ। क्यानले प्लेअफ र फाइनलका लागि साधारणमा १ हजार र प्रिमियममा २ हजार मूल्य निर्धारण गरेको छ।
यस्तै, क्यानले पुरै प्रतियोगिताको टिकट किन्ने व्यवस्था पनि गरेकोछ। त्यसका लागि १५ हजार रुपैयाँ तिनुपर्ने हुन्छ।
क्यानले लिग चरणका सुरुआती ६ खेलको टिकट बुकिङ पनि खुला गरेको छ। यो सिजनका धेरै खेलहरु फ्लड लाइटमा खेलाइनेछ।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)