Kathmandu Press

अदालतले मेरो नियुक्ति अवैधानिक ठहराए राजीनामा दिन्छु : मुख्यमन्त्री यादव

उनले मधेश प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुखले संविधानमा उल्लेख बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको बताएका छन्। 
अदालतले मेरो नियुक्ति अवैधानिक ठहराए राजीनामा दिन्छु : मुख्यमन्त्री यादव

धनुषा, कात्तिक १५ : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले अदालतले नियुक्तिविरुद्ध फैसला गरे राजीनामा दिन तयार रहेको स्पष्ट पारेका छन्।

जनकपुरधाममा मंगलबार (आज) पत्रकार सम्मेलन मार्फत मुख्यमन्त्री यादवले आफूविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले जे फैसला गरे त्यो मान्न तयार रहेको बताएका हुन्। मुख्यमन्त्री यादवले आफ्नो नियुक्ति गलत रहेको आदेश दिए आफू एकछिन पनि पदमा नबस्ने बताएका छन्।

Hardik ivf

उनले मधेश प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुखले संविधानमा उल्लेख बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको बताएका छन्। 

मुख्यमन्त्री यादवले प्रदेश प्रमुखको स्वाथ्यमा समस्या आएका कारण आफू स्वयमले नै आग्रह गरेर महोत्तरीको एक होटलमा सपथ ग्रहण गरेको बताए। उनले संविधान भन्दा बाहिर रहेको आफू र आफ्नो पार्टी नेकपा एमालेले कहिले कुनै काम नगरेको पनि दाबी गरे।

प्रदेश प्रमुखलाई पदमुक्त गर्नुमा अहिलेको नयाँ सरकारले गरेको निर्णय मात्र रहेको र यसमा आफूलाई नजोड्न उनले आग्रह गरे। विभिन्न राजदुतहरुलाई पनि फिर्ता बोलाउने अहिलेको सरकारले गरेको निर्णय आफूलाई केही थाहा नभएको मुख्यमन्त्री यादवले बताए।

पदभार कहिले ग्रहण गर्ने भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा मुख्यमन्त्री यादवले जेनजी आन्दोलनमा मुख्यमन्त्री कार्यालय क्षति भएकाले सचिवलाई मर्मत संभार गरी कार्यायल सुचारु गर्ने वातावरण बनाउन आफूले निर्देशन दिएको बताए । उनले कार्यालय व्यवस्थापन हुने वित्तिकै पदभार ग्रहण गरी नियमित कामकाज अगाडि बढाउने बताए। 
 

प्रकाशित मिति: १६:४३ बजे, मंगलबार, कात्तिक २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्