मन्दिरमा उपस्थित हुन नसक्ने भक्तजनको निःशुल्क ग्रहशान्ति पूजा
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलका अनुसार विदेशमा रहेका र मन्दिरमा प्रत्यक्ष उपस्थित हुन नसक्ने श्रद्धालु भक्तजनहरूका निःशुल्क विशेष ग्रहशान्ति पूजा गर्न लागिएको हो ।
स्याङ्जा, कात्तिक २१ : स्याङ्जाको अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरले निःशुल्क विशेष ग्रहशान्ति पूजा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलका अनुसार विदेशमा रहेका र मन्दिरमा प्रत्यक्ष उपस्थित हुन नसक्ने श्रद्धालु भक्तजनहरूका निःशुल्क विशेष ग्रहशान्ति पूजा गर्न लागिएको हो । हरेक शनिवार सूर्योदयोत्तर मुहूर्तमा ९ जना भक्तजनहरूका लागि निःशुल्क पुजा आयोजना गरिने पोखरेलले बताए ।
यसरी पुजा गराउन चाहाने भक्तजनहरुले आफ्नो जन्म मिति, जन्मस्थान, आफ्नो गोत्र ,जन्म समय र नाम (न्वारन) मन्दिर व्यवस्थापन समिति समक्ष फेसबुक म्यासेन्जरबाट उपलब्ध गराउन सकिनेछ ।
विवरण उपलब्ध गराइसकेपछि प्रत्येक ९ जनाको व्यक्तिगत ग्रहशान्ति विधान गरिनेछ । नेपालमै पहिलोपटक निर्माण गरिएको यो मन्दिर अहिले धार्मिक पर्यटनको हब बन्दै गएको छ ।












