कालीगण्डकी नदीमा दुई बालक बेपत्ता
पाल्पा, जेठ ४ : रामपुर नगरपालिका १० मलौटेस्थित कालीगण्डकी नदीमा पौडी खेल्दा दुई बालक बेपत्ता भएका छन् । आइतबार बेपत्ता हुनेमा रामपुर–१० का १० वर....

पाल्पा, जेठ ४ : रामपुर नगरपालिका १० मलौटेस्थित कालीगण्डकी नदीमा पौडी खेल्दा दुई बालक बेपत्ता भएका छन् । आइतबार बेपत्ता हुनेमा रामपुर–१० का १० वर्षीय सुनिल भट्टराई र समीर चापागाईँ रहेको वडाध्यक्ष लीलाबहादुर गाहाले जानकारी दिए।
हुँगी प्रहरीचौकीबाट आएका प्रहरी र स्थानीयले नदी आसपासका क्षेत्रमा खोजी जारी राखेको वडाध्यक्ष गाहाले बताए। कालीगण्डकीमा अहिले पानीको मात्रा बढेकाले खोजी गर्न समस्या भएको छ।
प्रकाशित मिति: १८:३७ बजे, आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)