चिनियाँ राजदूत इजरायलमा मृत भेटिए
काठमाडौं, जेठ ४ : इजरायलका लागि चिनियाँ राजदूत दू वीको मृत भेटिएका छन्।
इजरायलका विदेश मन्त्रालय र प्रहरी प्रवक्ताले ५७ वर्षीय राज....

काठमाडौं, जेठ ४ : इजरायलका लागि चिनियाँ राजदूत दू वीको मृत भेटिएका छन्।
इजरायलका विदेश मन्त्रालय र प्रहरी प्रवक्ताले ५७ वर्षीय राजदूत निवासमै मृत भेटिएको पुष्टि गरेका हुन्। यद्यपी मृत्युको कारण भने खुल्न नसकेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
इजरायलको एक टेलिभिजन च्यानलले राजदूत दूको मृत्यु प्राकृतिक कारणले भएको जनाएको छ। राजदूत दू कोरोना भाइरसको महामारीकै बीचमा गत फेब्रुअरीमा इजरायलको राजदूत बनेका थिए। त्यसअघि उनी युक्रेनको राजदूत थिए।
प्रकाशित मिति: १५:५७ बजे, आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)