नेप्से ३० अंकले बढ्यो
आज सेन्सेटिभ इन्डेक्स ४.४१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२३ अंकले बढेको छ । यसदिन पसिूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ
काठमाडौं, कात्तिक १६ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढेको छ । यसअघि बिहीबार पनि नेप्से ३४.२२ अंकले बढेको थियो।
यसअघि बिहीवार २६००.३८ बिन्दुमा रोकिएको नेप्से आज २६३१.१४ बिन्दुमा पुगेर बजार बन्द भएको छ। आज सेन्सेटिभ इन्डेक्स ४.४१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२३ अंकले बढेको छ । यसदिन पसिूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ
आज कुल ३१९ स्टकको ६८ हजार १२२ पटकको कारोबार मार्फत ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ रुपैयाँ बराबरको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर कारोबार भएको छ।
अघिल्लो कारोबार बिहीवार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँ बराबरको २ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता शेयर कारोबार भएको थियो।
आइतबार पाँच स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।सामूदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड, गोर्खाज फाइनान्स लिमिटेड, पञ्चकन्यामाई हाइड्रोपावर, पिपुल्स पावर लिमिटेड र तेह्रथुम पावर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यसदिन सामुदायीक लघुवित्तको शेयर मूल्य प्रतिकित्ता १३७.१० रुपैयाँले बढेर १५०८.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, गोर्खाज फाइनान्स लिमिटेडको शेयर मूल्यपनि प्रतिकित्ता ४८ रुपैयाँले बढेर ५२८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
त्यस्तै, यस दिन गुह्यस्वरी मर्चेन्ट बैंक र उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ।
आज खानीखोला हाइड्रोपावरको मूल्य सर्वाधिक घटेको छ । यस कम्पनीको शेयर मूल्य ४.७६ प्रतिशतले घटेको हो भने एनआइसी एशिया म्युचअल फण्डको शेयर मूल्य ४.०२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन बैंकको प्रमोटर शेयर सर्वाधिक बढेको छ । सो कम्पनीको शेयर यसदिन १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.१७ प्रतिशत बढेको छ।
त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन १.१० प्रतिशत घटेको छ।










-1764753058.png)
-1764751301.jpg)
