सेबोनमा नेतृत्व विवाद चर्कियो, अध्यक्षलाई कार्यालय प्रवेशमा रोक
अर्थ मन्त्रालयको निर्देशनविरुद्ध आन्दोलित कर्मचारीहरूले आइतबारदेखि बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहित सञ्चालकहरूलाई कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएपछि तनाव थपिएको हो।-1761974618.jpg)
काठमाडौं, कात्तिक १५ : नेपाल धितोपत्र बोर्ड (सेबोन) मा कर्मचारीहरूको आन्दोलन ४० दिनभन्दा बढी समयदेखि निरन्तर जारी रहेसँगै पूँजीबजार नियामक निकाय नै अक्षम बन्ने अवस्था देखिएको छ। आन्दोलन उग्र बन्दै गर्दा सेबोनमा नेतृत्व विवाद झनै चर्किएको छ।
अर्थ मन्त्रालयको निर्देशनविरुद्ध आन्दोलित कर्मचारीहरूले आइतबारदेखि बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहित सञ्चालकहरूलाई कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएपछि तनाव थपिएको हो।
गत असोज २ गते अर्थ मन्त्रालयले सेबोनको कर्मचारी कल्याण तथा सुरक्षा कोष अवैध रहेको निष्कर्ष निकाल्दै कोष खारेज गर्न र वितरण भएको रकम असुल्न निर्देशन दिएको थियो। सो निर्देशन सार्वजनिक भएपछि नै कर्मचारीहरूले आन्दोलन थालेका हुन्।
कर्मचारीहरूले सेबोन नेतृत्व समस्या समाधानमा निष्क्रिय रहेको र उनीहरूको पक्षमा कानुनी रूपमा लड्न नसकेको आरोप लगाएका छन्। तर बोर्डकै भित्रबाट आएका संकेतअनुसार, कानूनी बाटोलाई पन्छाएर अध्यक्ष हटाउने उद्देश्यले केही स्वार्थ समूहले आन्दोलनलाई दुरुपयोग गरिरहेको शंका बढेको छ।
अर्थमन्त्री डा. रामेश्वर खनालले आन्दोलन अराजक हुने खतरा भएको चेतावनी दिएको भए पनि व्यावहारिक रूपमा संघीय सरकार निरिह बनेर बसेको कर्मचारी सहित लगानीकर्ताको आरोप छ।
७० लाखभन्दा बढी लगानीकर्ताको हित संरक्षणको जिम्मेवारी बोकेको निकाय लामो समयदेखि ठप्प हुँदा पूँजीबजारमा अनिश्चितता बढेको छ।
विशेषज्ञहरूका अनुसार, अराजक आन्दोलनका बीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनसम्म अवज्ञा हुने अवस्था प्रशासनिक संकटको संवेदनशील संकेत हो । कर्मचारीहरूले अध्यक्ष श्रेष्ठले राजीनामा नदिएसम्म आन्दोलन रोकिने अवस्था नरहेको बताएका छन्।










-1764753058.png)
-1764751301.jpg)
