Kathmandu Press

नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी बजारस्थित प्रमुख प्रशासकीय अधिकृत साह बस्दै आएको क्वार्टरमा केही वडाध्यक्षको नेतृत्वमा स्थानीय समूह पुगेको र तोडफोडसहित आक्रमणको प्रयास गरिएको प्रहरीले जनाएको छ।
नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास 

सर्लाही, कात्तिक १४ : सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहमाथि बिहीबार साँझ आक्रमणको प्रयास भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी बजारस्थित प्रमुख प्रशासकीय अधिकृत साह बस्दै आएको क्वार्टरमा केही वडाध्यक्षको नेतृत्वमा स्थानीय समूह पुगेको र तोडफोडसहित आक्रमणको प्रयास गरिएको प्रहरीले जनाएको छ।

Hardik ivf

आक्रोशित वडाध्यक्ष र स्थानीयले मेयर र प्रमुख प्रशासकीय अधिकृतले लालबन्दीमै बसेर कार्यालय सञ्चालन गर्दै अनियमितता गरेको र जनताका समस्यातर्फ उदासिन रहेको आरोप लगाएका छन्। उनीहरूले कोठामा रहेका टेबल, कुर्सी र अन्य सामग्रीसमेत तोडफोड गरेका थिए।

आक्रमण रोक्ने क्रममा वडा नं. ६ का वडाध्यक्ष सामसोगारथ राय यादव सामान्य घाइते भएका छन् । उनको नाक र आँखामा चोट लागेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोली पुगेपछि थप घटना हुन पाएन । प्रहरीले अवस्था नियन्त्रणमा लिएको छ। 

तर नगरप्रमुख विनोदकुमार साह कानुले भने ती आरोप निराधार रहेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार, जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुँदा धेरै कागजात र उपकरण जलेका कारण अहिले लालबन्दीमा बसेर वैकल्पिक रूपमा काम गर्नुपर्ने बाध्यता रहेको हो। 

‘हामी कागजात र सेवा प्रवाहको वैकल्पिक व्यवस्था गर्दै थियौँ, तर केही व्यक्तिहरू अराजक शैलीमा हुलहुज्जत गर्न आएका थिए,’ मेयर साहले भने। 
 

प्रकाशित मिति: १४:२१ बजे, शुक्रबार, कात्तिक १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्