Kathmandu Press

अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्न महानगरको अनुरोध

काठमाडौँ महानगरपालिकाले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ।
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्न महानगरको अनुरोध
Hardik ivf

काठमाडौँ, कात्तिक १४ : काठमाडौँ महानगरपालिकाले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ।

एक सार्वजनिक सूचना जारी गर्दै महानगरले असोज २ गतेको काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्राधिकरणको निर्णय अनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरिएको उल्लेख गरेको हो ।

अतिक्रमित जग्गा खाली गरेर मापदण्ड विपरीतका संरचना सात दिनमा नहटाए कारबाही गरेर खाली गर्ने महानगरको चेतावनी छ । 

प्रकाशित मिति: ०८:५० बजे, शुक्रबार, कात्तिक १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्